Logo

उपाधिका लागि नेपाली महिला टोलीले उज्वेकिस्तानसँग खेल्ने

ई-खेलकुद २०७८ पुस १२ , सोमबार ०३:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने भएका छन् ।

नेपाल समूहचरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर तथा उज्वेकिस्तान तालिकाको दोस्रो स्थानमा रहेर उपाधिनजिक पुगेका हुन् । नेपालले लगातार पाँचौ जित निकाल्ने क्रममा आज किर्गिस्तानलाई सोझो सेटले पराजित गर्यो । पहिलो सेटमा २५–८ को सहज जित निकालेको नेपालले त्यसपछिका सेटमा २५–१४ र २५–१७ को जित हात पार्यो । नेपालले ५ खेलमा १४ अंक जोडेको छ ।

उज्वेकिस्तानले आज श्रीलंकालाई ३–२ को सेटले हराउँदै नेपालसँगको उपाधि भेट पक्का गरेको हो । नेपाल र उज्वेकिस्तानबीचको फाइनल खेल भोली हुँनेछ । समुहचरणमा भएको भेटमा उज्वेकिस्तानलाई नेपालले सोझो सेटले हराएको थियो । तेस्रो स्थानका लागि भने श्रीलंका र किर्गिस्तान भिड्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?