Logo

उपहार गोलमा मछिन्द्रलाई अंक

ई-खेलकुद २०७८ पुस २४ , शनिबार ०४:०१ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको आठौ चरणमा मछिन्द्र फुटबल क्लबले कठिन जित निकालेको छ । तालिकाको पुछारमा रहेको फ्रेन्डसलाई १–० ले हराउँदै मछिन्द्रले शीर्ष स्थान कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा उसलाई जिताउन उपहार गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनीले आत्मघाती गोल गरेपछि मछिन्द्रले खेलमा अग्रता बनाएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । खेलमा फ्रेन्ड्सले केहि राम्रा अवसर बनाएपनि उसले त्यसको सदुपयोग गर्न सकेन् । जितसंगै मछिन्द्र ८ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा कायम छ । यो हारपछि फ्रेन्ड्समाथी भने रेलिगेशनको भय तिब्र बनेको छ । समान खेलबाट ३ अंक जोडेको उ तालिकाको पुछारमा छ । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?