Logo

उपकप्तान दिपेन्द्रले लिग टुको सिरिज गुमाउने

ई-खेलकुद २०७८ भदौ २७ , आईतबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासंगको सिरिज गुमाउने भएका छन् । दायाँ खुट्टाको गोलिगाँठोमा समस्या देखिएपछि दिपेन्द्रले सिरिज गुमाउने भएका हुन् । ओमानमा हुने सिरिजको पहिलो खेलमा भोली नेपाल र अमेरिका भिड्नेछन् । चोटका कारण उनले पपुवा न्युगीनीसंगको दुई खेलको वन डे सिरिज पनि गुमाएका थिए । नेपाल क्रिकेट संघ क्यानका अनुसार दीपेन्द्रले कम्तीम दुई साता आराम गर्नुपर्ने छ।
सिरिजको अघिल्लो दिन दिपेन्द्रले सिरिज गुमाउने निर्णय भएसंगै नेपाली टोलीलाई ठुलो झड्का लागेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?