Logo

उद्घाटन खेलमा जागृति विजयी

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०७:०२ मा प्रकाशित

विवेक मिश्र,मोरङ । मोरङको शुन्दरहरैचामा शनिवार देखी सुरुभएको प्रथम प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा इटहरीको राष्ट्रिय जागृति फुटवल क्लव विजयी भएको छ । पँचायन फुटबल क्लबलाई २–० ले हराउदै राष्ट्रिय जागृतिले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफमा जागृतिको तर्फबाट पहिलो गोल गरेर खाता खोलेका खमिर गिल्सन कन्दङ्वाले दोस्रो हाफमा पनि आफैं गोल गरेर टिमलाई विजयी गराए । खेलको म्यान अफ दि म्याच पनि कन्दङ्वा नै घोषित भए । पँचायन फुटवल क्लवको तर्फबाट कुनैपनि गोल हुन सकेन ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराको साथ झरना युवा क्लवले आयोजना गरेको खुल्ला नकआउट फुटवल प्रतियोगितामा एक नम्बर प्रदेशका विभिन्न आठ टिम सहभागी रहेका छन् । सुन्दरहरैचा ९ स्थीत रहेको इन्द्रपुर रंगशालामा जारी  प्रतियोगीता फागुन सात गते सम्म चल्ने छ ।

प्रतियोगीतामा विजेता टिमले १ लाख १ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले ५१ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र पाउने आयोजक क्लवका अध्यक्ष प्रलाद पाठकले बताए ।

आईतवार झापा फुटबल क्लव झापा र पुर्वाञ्चल एपीएफ सुनसरी बिच खेल हुनेछ ।

खुल्ला नकआउट शुन्दरहरैचा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?