Logo

उज्वेकिस्तान एभीसी सेन्ट्रल जोन भलिवल च्याम्पियनसीपको सेमिफाइनलमा

ई-खेलकुद २०७६ भदौ ३ , मंगलबार ०७:०८ मा प्रकाशित

काठमाण्डौ । उज्वेकिस्तान नेपालमा जारी एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा प्रबेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा आज तुर्कमेनिस्तानलाई सोझो सेटले पाखा लगाउदै उज्वेकिस्तानले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भडहलमा २५–१८, २५–२१ र २५–१५ को सहज जित निकाल्दै उज्वेकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रतियोगितामा आजै किर्गीस्तान र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ । नेपालले भने आफ्नो दोस्रो खेलमा भोली माल्दिभ्सको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?