Logo

उज्वेकिस्तानसंग नेपाल ४–१ ले पराजित, नेपालको चुनौती पहिलो चरणमै सकियो

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालको यात्रा पहिलो चरणमै सिमित बनेको छ । ईरानमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल बलियो टोली उज्वेकिस्तानसंग ४–१ ले स्तब्ध भएको हो ।
पहिलो खेलमा ताजिकिस्तानसंग ६–० ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध भएको हो । पहिलो खेलभन्दा निक्कै सुधारिएको प्रर्दशन गरेपनि नेपालले उज्वेकिस्तानको गति रोक्न सकेन । नेपालका लागि मनीकुमार लामाले १ गोल गरेका थिए । नेपालले आफ्नो अन्तिम खेलमा भोली अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?