Logo

उज्वेकिस्तानसँग पराजित भएको पुरुष टोली पदकविहिन

ई-खेलकुद २०७८ पुस १३ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा पदकविहिन भएको छ । कास्य पदकका लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल पदकविहिन भएको हो । ढाकामा भएको खेलमा नेपाली टोली सोझो सेटले पराजित भयो ।

पहिलो सेटमा २५–१५ को जित निकालेको उज्वेकिस्तानले त्यसपछिका सेटमा २५–१७ र २५–२१ को जित निकाल्दै कास्य पदक हात पारेको हो ।
यसअघि समूहचरणको भेटमा नेपालले उज्वेकिस्तानलाई हराएको थियो । महिलातर्फ भने उज्वेकिस्तानलाई नै हराउदै नेपाली टोलीले उपाधि जितेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?