Logo

उज्वेकिस्तानसँग नेपाल पराजित

ई-खेलकुद २०७८ चैत्र २७ , आईतबार ०४:०४ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । किर्गीस्तानमा आज भएको खेलमा नेपाल बलियो टोली उज्वेकिस्तानसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा पहिलो हाफमै ३–० को अग्रता बनाएको उज्बेकिस्तानले दोस्रो हाफमा २ गोल थप्दै एक गोल खाएको हो । उसको जितमा रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे । नेपालका मणि लामाले सान्त्वना गोल फर्काए ।

सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेल भोली ताजिकिस्तानविरुद्व खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?