Logo

उज्वेकिस्तान,शत प्रतिशत नतिजासंगै समुह विजेताको रुपमा सेमिफाइनलमा

ई-खेलकुद २०७६ भदौ ४ , बुधबार ०४:०८ मा प्रकाशित

काठमाण्डौ । उज्वेकिस्तानले शत प्रतिशत नतिजासंगै सेन्ट्रल जोन भलिवल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । आज भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई सोझो सेटले पाखा लगाउदै उजवेकिस्तान समुह बी को विजेता बनेको हो ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्ड हलमा उज्वेकिस्तानले २५–२३, २९–२७ र २९–२७ को संर्घषपुर्ण जित निकाल्यो ।

यो समुहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकि छ । साँझ ७ बजे हुने बंगलादेश र तुर्कमेनिस्तानबिचको खेलपछि समुह बीबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्ने छ । सेन्ट्रल जोनको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले केहिबेरमा माल्दिभ्सको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?