Logo

ईमर्जिङ टिम्स कप खेल्न आज थप ५ खेलाडी ढाका जादै, ६ जनाको टिकट भोली मात्र

ई-खेलकुद २०७६ कात्तिक २६ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा २८ गतेबाट सुरु हुने एसीसी ईमर्जिङ टिम्स कप खेल्न आज थप ५ खेलाडी त्यसतर्फ जाँदैछन् । हिमालयन एयरको उडान रद्ध भएपछि नेपाली टोली छुट्टाछुट्टै रुपमा ढाका उड्न लागेका हुन् । हिजो टोलीका ९ सदस्य ढाका उडेका थिए । आज प्रशिक्षक उमेश पटवालसंगै कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह र फिजियो बिक्रम न्यौपाने ढाका उड्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
अन्तिम चरणमा भोली कुशल भुर्तेल, सन्दीप जोरा, अभिनास बोहोरा, सुसन भारी, रोहित कुमार पौडेल र म्यानेजर प्रशान्त बिक्रम मल्ल ढाका जाने तय भएको हो । यसअघि मंसिर ७ गते सम्म चल्ने प्रतियोगीतामा समुह ‘बी’ मा रहेको नेपालले भारत, हङकङ र बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह ‘ए’ बाट पाकिस्तान, अफगानिस्तान, ओमान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?