Logo

ईमर्जिङ टिम्स कप क्रिकेट बंगलादेशमा सुरु हुदै, नेपालको पहिलो खेल ईण्डियासंग

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगीता बंगलादेशमा आज सुरु हुनेछ । एसियाका ५ टेष्टसहित ८ राष्ट्र सहभागी प्रतियोगीताको पहिलो दिन आज विभिन्न ४ खेल हुदैछन् । नेपाली समयानुसार बिहान पौने ९ बजे सबै खेल सुरु हुनेछन् । आज समुह एबाट नेपाल र इण्डिया तथा बंगलादेश र हङकङ बिच प्रतिस्पर्धा हुनेछ । समुह बीका पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र ओमान पनि आजै आमने सामने हुनेछन् ।
समुहको शीर्ष २ स्थानमा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउने भएकाले सबै टोली पहिलो जितसंगै सेमिफाइनल प्रबेशको संभावना कायम राख्ने लक्ष्यमा मैदान उत्रनेछन् ।
एसीयाकप क्रिकेटमा चौथो स्थानमा रहेपनि युएईले अन्तिम समयमा प्रतियोगीत नखेल्ने भएपछि नेपालले मौका पाएको हो । प्रतियोगीतामा नेपाली टोली मुख्य २ खेलाडी पारस खड्का र सन्दिप लामिछाने बिनै मैदान उत्रनेछ । युएईमा हुने टी–१० क्रिकेट लिगमा सहभागीता भएका कारण पारस र सन्दिपले प्रतियोगीता नखेलेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?