
काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समुहचरणको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ९ बजे नेपाल र बंगलादेशबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
पहिलो खेलमा ईण्डियासंग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई हराउदै सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको हो । सुरुवाती दुबै खेलमा जित निकाल्दै सेमिफाइनल पुगीसकेको आयोजक तेस्रो जित हात पार्दै समुह विजेता बन्न चाहान्छ । बलियो टोली ईण्डियालाई समेत हराएको आयोजक टोली नेपालबिरुद्ध सहज जितको अपेक्षामा रहेको छ ।
बंगलादेशबिरुद्ध जित निकाल्न सके नेपाल स्वत सेमिफाइनलमा पुग्नेछ । सोहि समयमा हुने ईण्डिया र हङकङबिचको खेलमा हङकङ विजयी भए पनि नेपाललाई फाईदा हुनेछ ।
