
काठमाण्डौ । एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगीता बंगलादेशमा भोली सुरु हुदैछ । एसीयाका ५ टेष्ट राष्ट्रसहित नेपाल, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ईण्डियासंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ९ बजे नेपाल र ईण्डियाबिचको खेल सुरु हुनेछ । कमजोर ब्याटिङ फर्म र मुखय २ खेलाडी पारस खड्का र सन्दिप लामिछाने बिनानै मैदान उत्रन लागेको नेपाललाई ईण्डियाबिरुद्धको पहिलो खेल निक्कै कठिन हुनेछ । यद्यपी टोली सुखद नतिजाको खोजीमा मैदान उत्रने टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।
समुह एमा रहेको नेपालले समुहचरणमा भारसंगै हङकङ र आयोजक बंगलादेशसंग पनि प्रतिस्पर्धा गर्नेछ । समुह बीबाट पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमानले प्रतिस्पर्धा गर्नेछन् । भोली नै पाकिस्तान र अफगानिस्तान, ओमान र श्रीलंका तथा बंगलादेश र हङकङबिच पनि प्रतिस्पर्धा हुनेछ ।
