Logo

ईमर्जिङ टिम्स कपका लागि ज्ञानेन्द्रको कमानीमा टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा हुने ईमर्जिङ टिम्स कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टी–१० क्रिकेटमा आबद्ध हुने भएकाले पारस खड्का र सन्दिप लामिछाने भने टोलीमा रहेका छैन्न । कुशल भुर्तेलले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् । टोलीमा दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, रोहित कुमार पौडेल, ललितनारायण राजवंशी र पवन सर्राफ रहेका छन् । टोलीका अन्य सदस्यहरुमा सन्दिप जोरा, सुसन भारी, ईशान पाण्डे, आरिफ शेख र अबिनास बोहोरा रहेका छन् ।

टोली २६ गते ढाका जाने कार्यक्रम रहेको छ । कार्तिक २८ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले भारत, बंगलादेश र हङकङ रहेको समुह बीबाट प्रतिस्पर्धा गर्नेछ । प्रतियोगीताको पहिलो खेलमा कार्तिक २८ गते नेपालले भारतसंग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले ३० गते हङकङ तथा समुहचरणको अन्तिम खेलमा मंसिर २ गते आयोजक बंगलादेशको सामना गर्नेछ । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?