Logo

ईपीएल क्रिकेट डी–स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने

ई-खेलकुद २०७६ भदौ ३१ , मंगलबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालमा सर्बाधिक सफल फ्रेन्चाईज लिग एभरेष्ट प्रिमियर लिग क्रिकेटको चौथो संस्करण डी–स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । प्रतियोगिताको आयोजक ईपीएल प्रालीले आज विश्वचर्चित च्यानल डी–स्पोर्टससंग ब्रोडकाष्टिङ पार्टनरको सम्झौता गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच दुई पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । फागुन १७ देखि चैत १ गते सम्म संचालन हुने चौथो संस्करणको प्रतियोगिताका सबै खेल सो च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।
यसपटक नौलो प्रयोगलाई निरन्तरता दिदै आयोजकले आईकोनिक खेलाडिका रुपमा टेष्ट राष्ट्रका खेलाडी राख्नुपर्ने नियम बनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?