
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिलडर रोहित चन्द ईण्डोनेसियाको लिग वान प्रतियोगितामा म्यान अफ दि म्याच घोषित भएका छन् । आज भएको खेलमा उनको टोली पर्सीजा जाकार्तालाई जिताउन उत्कृष्ट भुमिका खेलेका चन्दले म्यान अफ दि म्याच हात पारेका हुन् ।
केल्तेङ पुत्रालाई ३–० ले पराजित गर्ने क्रममा चन्दले कुनै गोल नगरेपनि उनकै उत्कृष्ट एसिष्टका कारण टोलीको जित निश्चित बनेको थियो । यो जितसंगै उनको टोली १२ अंकमा तालिकाको १५ औ स्थानमा उक्लिएको छ ।
