Logo

ईण्डोनेसियासँग नेपाल ७–० ले पराजित, खेल मिलेमत्तोको आशंका

ई-खेलकुद २०७९ असार १ , बुधबार ०३:०६ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार भोगेको छ । कुवेतमा मंगलबार राती भएको खेलमा नेपाल ईण्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा पहिलो हाफ २–० ले पछि परेको नेपालले दोस्रो हाफमा ५ गोल खाएको थियो । महत्वपूर्ण मानिएको खेलमा नेपाललाई फराकिलो अन्तरले पराजित गरेसँगै ईण्डोनेसिया एसियन कपमा छनोट भएको छ । छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो । ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अवस्थामा पुर्याए । ५४ औं मिनेटमा आर्यन्टोले तथा ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै ईण्डोनेसियालाई ४–० को बलियो अवस्थामा पुर्याए । खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले, ८१ औं मिनेटमा सुलेमानले तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गरेपछि ईन्डोनेसियालाई ७–० को जित निकाल्न सफल बन्यो । समूह ए मा रहेको नेपाल भने अंक विहीन रहदै घर फर्कने भएको छ । प्रतियोगितामा नेपालले १३ गोल खाँदा १ गोल फर्काएको छ ।
मिलेमत्तोको आंशका
नेपाल र ईण्डोनेसियाबीचको खेल सुरु हुनु अगावै ईण्डोनेसियाले ४ गोलअन्तरमाथिको जित निकाल्ने चर्चा चलेको थियो । उसलाई छनोट हुन आवश्यक गोल संख्या सहजै गर्ने अनुमानकाबिच नतिजा पनि सोहि अनुरुपको प्राप्त भयो । तुलनात्मक रुपमा ईण्डोनेसियाभन्दा बलिया मानिएका जोर्डन र कुवेतसँगको खेलभन्दा खस्कदो प्रर्दशनले त्यसमा थप मलजल गरेको छ । तथापी यसबिषयमा समन्धीत निकायले आवश्यक छानबिन गर्ने नै छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?