
काठमाण्डौ । भारतमा जारी अण्डर १९ च्यालेन्जर्स ट्रफिको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले ईण्डिया सीसंग प्रतिस्पर्धा गरिरहेको छ । विजयवाडामा टस जितेको नेपालले सामान्य ब्याटीङ गरेको हो । ओपनर रित गौतम पहिलो विकेटका रुपमा ब्यक्तिगत ५ रनको स्कोरमा पभेलियन फर्किएका छन् । टोलीको स्कोर ११ रन हुदा रित बिद्याधर पाटिलको बलमा बोल्ड भएका थिए । त्यस्तै पाटिलले नै खडक बहादुर बोहोरालाई १० रनको ब्यक्रिगत स्कोरमा प्रदोष रञ्जनको हातबाट क्यान गराए । लोकेश बम पनि १० रनको स्कोरमा आउट भए । ७ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर २९ रन बनाएको छ ।
भारतका ३ र नेपालको एक टोली सहभागी प्रतियोगीतामा शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
