Logo

ईण्डिया सीद्धारा नेपालसामु २ सय ५९ रनको चुनौती

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०१:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीताको तेस्रो स्थानका लागि ईण्डिया सीले नेपालसामु २ सय ५९ रनको चुनौती प्रस्तुत गरेको छ । विजयवाडास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको ईण्डियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रनको योगफल तयार पारेको हो । सामान्य सुरुवात गरेको ईण्डियाको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । सौरभ कुमारले ५८ रन बनाएको ईनिङसमा बिक्रान्त सिंहले ५० र सुभाङ सम्राटले ३६ रन बनाए । आर्य सेठ्ठीले ३० रन बनाए ।
नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए । अर्को विकेट विवेक कुमार यादवकको नाममा रह्यो ।
४ टोली सहभागी प्रतियोगीतामा पुछारमा रहेका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । समुहचरणका सबै खेल पराजित भएको नेपाल पहिलो जितसंगै प्रतियोगीता टुङग्याउने लक्ष्यमा रहेको छ । यसअघिको भेटमा ईण्डिया सीसंग नेपाली युवा टोली फराकिलो अन्तरले पराजित भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?