Logo

ईण्डिया र अष्ट्रेलियाबिचको तेस्रो टेष्ट बराबरी

ई-खेलकुद २०७७ पुस २७ , सोमबार ०२:०१ मा प्रकाशित

एजेन्सी । ईण्डिया र अष्ट्रेलियाबिचको तेस्रो ष्टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । सिड्नीमा तेस्रो टेष्टको अन्तिम दिन ईण्डियाले ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
योसंगै ४ म्याचको सिरिजमा अन्तिम खेल निर्णायक हुने भएको छ । ४ सय ७ रनको लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रिएको ईण्डियाका रबिचन्द्र आश्विन र हनुमा बिहारी क्रिजमा संर्घषरत रहदै विकेट बचाएपछि खेल बराबरीमा सकिएको हो । ऋषब पन्तले सर्बाधिक ९७ रन बनाएको ईण्डियाको ईनिङसमा चतेश्वर पुजाराले ७७ र रोहित शर्माले ५२ रन बनाए । आश्विन ३९ र विहारी २३ रनमा अबिजित रहे । अष्ट्रेलियाका जोस हाजलउड र नाथन लियोनले समान २ विकेट लिए ।
चौंथो दिन अष्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय १२ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेपछि भ्रमणकारी टोलीले उच्च लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिेभन स्मिथले ८१ र मार्नुस लेबुसचेनले ७३ रन बनाए । ईण्डियाका नभदिप शैनी र रविचन्द्र आश्विनले समान २ विकेट लिए ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १–१ को बराबरीमा छ ।

अष्ट्रेलिया ईण्डिया

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?