Logo

ईण्डिया र अष्ट्रेलियाबिचको वन डे सिरिज आज सुरु हुदै

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । ईण्डिया र अष्ट्रेलियाबिचको वन डे सिरिज आज सुरु हुदैछ । तीन म्याचको सिरिज अन्तर्गतको पहिलो खेल सिड्नीमा नेपाली समयानुसार बिहान साढे ९ बजे सुरु हुनेछ । माहामारीपछि अष्ट्रेलियाले घरेलु मैदानमा पहिलो सिरिजको आयोजना गरेको हो । सन् २०२० को ट्वान्टी २० विश्वकप गरेको अष्ट्रेलियाले १० महिनापछि अन्तराष्ट्रिय सिरिज आयोजना गरेको हो । ईण्डियापनि माहामारीपछि पहिलो अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो । यद्यपी ईण्डियाले आफ्नो घरेलु लिग ईण्डियन प्रिमियर लिग भर्खरै युएईमा सम्पन्न गरिसकेको छ । लामो भ्रमणमा निस्किएको ईण्डियाले घरेलु टोलीसंग ३ मयाचको वन डेसगै ३ म्याचको ट्वान्टी २० र ४ टेष्टको सिरिज खेल्नेछ ।
आजको खेलमा घरेलु टोली एरोन फिन्च र भ्रमणकारी ईण्डिया विराट कोहलीको कमानीमा मैदान उत्रनेछन् । पहिलो वन डे पछि कोहली पारिवारिक कारणले घर फर्कनेछन् ।

अष्ट्रेलिया ईण्डिया

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?