Logo

ईण्डिया बी बिरुद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज ईण्डिया बीसंग प्रतिस्पर्धा गरिरहेको छ । सुरुवाती दुबै खेल गुमाएको नेपाल तेस्रो खेलमा जित हात पार्दैै तालिकामा पहिलो अंक जोड्ने योजनामा रहेको छ ।
बिजयवडामा टस जितेको घरेलु टोलीले फिल्डिङ रोजेपछि नेपाली युवा टोली ब्याटिङमा उत्रिएको छ । लोकेश बम र रित गौतमले सुरुवाती २ ओभरमा बिना क्ष्ँती ११ रन बनाएको छ । पहिलो खेलमा ईण्डिया सीसंग लज्जास्पद हार भोगेको नेपाल दोस्रो खेलमा ए टोलीसंग पराजित भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?