
एजेन्सी । ईण्डियाबिरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले शानदार जित हात पारेको छ । एडिलेडमा भ्रमणकारी ईण्डियालाई ८ विकेटले हराउदै कंगारु टोलीले ४ टेष्टको सिरिजमा १–० को अग्रता लिएको हो । ईण्डियाले प्रस्तुत गरेको ९० रनको झिनो चुनौती अष्ट्रेलियाले तेस्रो दिनको दोस्रो सत्रमै २ विकेट गुमाएर पुरा गरेको थियो । ओपनर जोए बुर्नसले अबिजित ५१ रन बनाउदै टोलीलाई जित दिलाए । म्याथु वादेले ३३ रनको योगदान गरे । ईण्डियाका रबिचन्द्रन आश्विनले एक विकेट लिए । वादे रनआउट भएका थिए । पहिलो ईनिङसमा २ सय ४४ रन बनाएको ईण्डिया दोस्रो ईनिङसमा ३६ रनमै समेटिएपछि घरेलु टोलीले सामान्य चुनौती पाएको थियो । ईण्डियाले २७ रन बनाउन ८ विकेट खेर फालेको थियो । अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कुमिन्सले ४ विकेट लिए । ईण्डियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । अष्ट्रेलियाले आफ्नो पहिलो ईनिङसमा १ सय ९१ रन मात्र बनाएको थियो । पहिलो टेष्टपछि ईण्डिाका कप्तान विराट कोहली पारिवारिक कारणले घर फर्कनेछन् ।
