
एजेन्सी । ईण्डियाबिरुद्धको पहिलो वन डे क्रिकेटमा वेष्ट ईण्डिज विजयी छ । गएराती घरेलु टोलीलाई ८ विकेटले हराउदै भ्रमणकारी क्यारेबियन टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । ईण्डियाले दिएको २ सय ८८ रनको चुनौती वेष्टईण्डिजले १३ बल अगावै २ विकेट गुमाएर भेट्टायो । सिमरोन हेटमेरले १ सय ३९ र साई होपले अविजित १ सय २ रन बनाउदै टोलीलाई सहज जित दिलाए । निकोलस पुरन २९ रनमा नटआउट रहे । ईण्डियाका महम्मद सामी र दिपक चहारले समान एक विकेट लिए ।
यसअघि चेन्नईमा पहिले ब्याटिङ गरेको ईण्डियाले ८ विकेट गुमाएर २ सय ८७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको ईनिङसमा रिषब पन्तले ७१, श्रेयस ऐरले ७०, केदार जादवले ४० र रोहित शर्माले ३६ रन बनाए । वेष्ट ईण्डिजका सेल्ड्रोन कोटरेल, केमो पउल र अलजारी जोसेफले समान २ विकेट लिए । कायरन पोलार्डले १ विकेट लिए ।
२ राष्ट्रबिचको दोस्रो वन डे क्रिकेट पर्सी बिशाखापट्टनममा हुनेछ ।
