Logo

ईटाली तीन खेल अगावै युरोकपका लागि छनोट, स्पेन र नर्बेले बराबरी खेले

ई-खेलकुद २०७६ असोज २६ , आईतबार ०६:१० मा प्रकाशित

एजेन्सी । ईटाली अर्को बर्ष हुने युरोकप फुटबलमा छनोट भएको छ । पछिल्लो खेलमा गएराती ग्रीसलाई २–० ले हराउदै ईटालीले ३ खेल अगाबै युरोकपमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलमा ईटालीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६३ औ मिनेटमा जोर्गीन्होको गोलबाट अग्रता बनाएको ईटालीका लागि ७८ औ मिनेटमा फेडेरिको बेर्नाडेस्चीले गोल थपेका थिए । ७ खेलबाट २१ अंकसहित ईटालीले अपराजित रहदै युरोकपमा स्थान सुरक्षित गरेको हो । ग्रुप जे अन्तर्गतकै खेलमा बोस्निया हर्ज गोभिनाले फिनल्याण्डलाई ४–१ ले पराजित गर्दा आर्मेनिया र लिचेष्टाईनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अन्य खेलहरुमा स्विडेनले माल्टालाई ४–० ले तथा रोमानियाले फारोई आईसल्याण्डलाई ३–० ले स्तब्ध पार्यो । स्पेन र नर्बेले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् । ७ खेलबाट १९ अंक जोडेको स्पेन समुहको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट स्विडेन १४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
ग्रुप डि अन्तर्गतका खेलमा डेनमार्कले स्विटजरल्याण्डलाई १–० ले हराउदा जर्जिया र आयरल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?