Logo

ईटालीको नयाँ किर्तिमान,३६ खेलसम्म अपराजित

ई-खेलकुद २०७८ भदौ २१ , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय फुटबलमा ईटालीले नयाँ किर्तिमान बनाएको छ । विश्वकप छनोट अन्तर्गत गएराती स्विट्जरल्यान्डसँग बराबरी खेलेसंगै ईटालीले ब्राजिलको नाममा रहेको किर्तिमान बराबरी गरेको हो । विश्वकपको युरोपियन छनोटतर्फ आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । स्विजरल्याण्डको मैदानमा खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ५३औँ मिनेटमा जोर्गिन्होले पेनाल्टी मिस गरेपछि इटाली बराबरीमा रोकिएको हो ।
पछिल्लो पटक इटालीले सन् २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० गोलको हार बेहोरेको थियो । त्यसयता ऊ पराजित भएको छैन । उसलेले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गरेको छ ।
बराबरीसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको इटालीले पाँच खेलमा ११ अङ्क जोडेको छ । स्विट्जरल्यान्ड भने सात अङ्कका साथ दोस्रो स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?