
एजेन्सी । ईटालियन सिरि ए फुटबल अन्र्तगत पछिल्ला खेलमा शीर्ष स्थानमा रहेका टोलीले जित हात पारेका छन् । शीर्ष स्थानको ईन्टर मिलानले बोलोङगालाई २–१ ले हराउदै तालिकामा १ अंकको अग्रता कायम राखेको छ । ईन्टर मिलानको जितमा दुबै गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सोरियानोले ५९ औ मिनेटमा बोलोङगालाई अग्रता दिलाएका थिए । ७५ औ मिनेटमा पहिलो गोल गरेका लुकाकुले ईन्ज्युरी समयमा अर्को गोल गरेका थिए ।
दोस्रो स्थानको युभेन्टसले टोरिनोलाई १–० ले स्तब्ध पार्यो । उसको जितमा डि लिटले ७० औ मिनेटमा निर्णायक गोल गरेका थिए । नापोलीलाई २–१ ले हराउदै रोमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट २२ अंक जोडेको रोमाले एट्लान्टालाई १ अंकले पछि पारेको हो । यद्यपी एटलान्टाले १ खेल कम खेलेको छ ।
