Logo

ईङल्याण्ड युरोकपका लागि छनोट, रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०६:११ मा प्रकाशित

एजेन्सी। ईङल्याण्ड आसन्न युरोकप फुटबलका लागि छनोट भएको छ । समुह ए अन्र्तगतको खेलमा मोन्टेनेग्रोलाई ७–० ले हराउदै ईङल्याण्डले युरोकपमा स्थान बनाएको हो । टोलीको १ हजारौ औपचारिक खेलमा ईङल्याण्डलाई जिताउन हेरी केनले ह्याट्रिक गरे । मार्कोस रासफोर्ट, ओक्सलाडे चाम्बरलिन र टामी अब्राहमले समान एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । १८ औ मिनेटमा पहिलो गोल गरेका केनले २४ र ३७ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा ५–० को अग्रता बनाएको ईङल्याण्डले दोस्रो हाफमा २ गोल गरेको थियो ।
सोहि समुहको खेलमा चेक रिपब्लिकले कोसोभोलाई २–१ ले स्तब्ध पार्यो । खेलको ५० औ मिनेटमा कोसोभोले खेलमा अग्रता बनाएपनि ७१ र ७९ औ मिनेटमा चेक रिपब्लिकले गोल गर्दै खेलमा जित हात पारेको हो ।
ग्रुप बीको खेलमा पोर्चुगलले लिथुनियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा उनले पोर्चुगलका लागि १ सयौ गोल समेत पुरा गरेका छन् । ७ औ मिनेटमा पेनाल्टिमार्फत पहिलो गोल गरेका रोनाल्डोले २२ र ६५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । थप गोल बर्नाण्डो सिल्भा, मेण्डिस पासिन्सीया,एफोन्सो र्फनाण्डेजले एक एक गोल गरे । यो जितले उसलाई समुह बीको दोस्रो स्थानमा पुर्याएको छ । समुह बीकै खेलमा सर्बियाले लम्जेम्बर्गलाई ३–२ ले स्तब्ध पार्यो ।
गएराती नै फ्रान्सले माल्डोभालाई २–१ ले हराउदा अन्य २ खेल भने बराबरीमा सकिएका छन् । टर्कि र आईसल्याण्डले गोलरहित बरबरी खेल्दा अल्बानिया र एण्डोराले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?