Logo

ईङल्याण्डबिरुद्धको चौथो टेष्ट क्रिकेटमा अष्ट्रेलियाको शानदार जित

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०९:०९ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डबिरुद्धको चौथो टेष्ट क्रिकेटमा भ्रमणकारी अष्ट्रेलिया विजयी भएको छ । गएराती सकिएको खेलमा १ सय ८५ रनको शानदार जित निकाल्दै कंगारु टोली सिरिजमा २–१ ले अघि बढेको हो । ५ म्याचको सिरिजको दोस्रो टेष्ट बराबरीमा सकिएको थियो ।

३ सय ८३ रनको लक्ष्य पछ्याएको ईङल्याण्ड १ सय ९७ रनमा समेटिएपछि अष्ट्रेलिया शानदार जित निकाल्न सफल बन्यो । उसलाई कम स्कोरमा रोक्न, पाट कुमिन्सले ४ तथा नाथन लियोन र जोस हाजलउडले समान २ विकेट लिए । जोए डिन्लेले ५३ रन बनाएको ईङलिस ईनिङसमा जस बटलरले ३४ र जासन रोएले ३१ रन बनाए । ईङल्याण्डले पहिलो ईनिङसमा ३ सय १ रन बनाएको थियो ।
४ सय ९७ रनमा पहिलो ईनिङस समाप्तीको घोषणा गरेको कंगारु टोलीले ६ विकेट गुमाएर १ सय ८६ रनमा दोस्रो ईनिङस डिक्लियर गर्दै घरेलु टोलीलाई सो लक्ष्य दिएको थियो । खेलमा अष्ट्रेलियाका स्टेभन स्मिथ प्लेयर अफ दि म्याच घोषित भए । दुई राष्ट्रबिचको अन्तिम टेष्ट क्रिकेट बिहिबार लण्डनमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?