Logo

ईङलिस प्रिमियर लिगमा म्यान सिटि पराजित, आर्सनल विजयी

ई-खेलकुद २०७६ असोज २० , सोमबार ०७:१० मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा तालिकाको दोश्रो स्थानमा रहेको म्यानचेष्टर सिटि वोल्भर ह्याम्प्टनसंग पराजित भएको छ । वोल्भर ह्याम्प्टनका लागी खेलको उत्तरार्धमा एडामा टावरेले २ गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन् । ८० औं मिनेटमा गोल गरेका एडामाले खेलको अतिरिक्त समयमा अर्काे गोल थप्दै म्यान सिटिलाई २–० गोल अन्तरले स्तब्ध पारेका हुन् । यस हारसंगै प्रिमियर लिगको तालिकाको दोश्रो स्थानमा रहेको म्यान सिटिको पहिलो स्थानको लिभरपुलस“गको अंक दुरी ८ अंकमा पुगेको छ । समान ८ खेल खेलेका दुवै टोली मध्ये लिभरपुलको २४ अंक छ भने म्यान सिटिको १६ अंक छ ।

गएरातीको खेलमा बर्नमाउथलाई १–० गोल अन्तरको जित निकालेको आर्सनलले दोश्रो स्थानको म्यान सिटिसंगको एक अंकको दुरी कायम गरेको छ । १५ अंक सहित आर्सनल प्रिमियर लिगको अंक तालिकाको तेश्रो स्थानमा छ ।

चेल्सीले गएरातीको खेलमा साउथह्याम्प्टनलाई ४–१ गोल अन्तरले स्तब्ध भएको छ । जारी सिजन खराब प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाईटेड न्यु कासल युनाईटेड संग १ –० गोल अन्तरले पराजित भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?