Logo

ईक्वेडरको पोष्टमा अर्जेन्टिनाको ६ गोल, ब्राजिल र नाईजेरियाको बराबरी

ई-खेलकुद २०७६ असोज २७ , सोमबार ०६:१० मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा अर्जेन्टिनाले ईक्वेडरलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनमा गएराती भएको खेलमा अर्जेन्टिनालाई जिताउन लुकास अल्रीयो, लेन्द्रो पेरेडीज, जर्मेन पिजिल्ला, निकोलस डोमिनगुईज र लुकास ओकाम्पोसले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफमा ३–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल खादै ३ गोल थप गरेको थियो ।
नाईजेरियाबिरुद्ध पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । ४८ औ मिनेटमा कासिमिरोले ब्राजिलका लागि बराबरी गोल गरेका थिए ।
आईभरीकोष्टले कंगोलाई ३–१ ले, मोजाम्बिकले केन्यालाई १–० ले तथा साउथ अफ्रिकाले मालीलाई २–१ ले पराजित गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?