Logo

इङल्याण्डबिरुद्धको तेस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड बिजयी

ई-खेलकुद २०७६ कात्तिक १९ , मंगलबार १०:११ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डबिरुद्धको तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली न्युजिल्याण्ड विजयी भएको छ । आज बिहान भएको खेलमा भ्रमणकारी टोलीलाई १४ रनले हराउदै न्युजिल्याण्डले ५ म्याचको सिरिजमा २–१ को अग्रता बनाएको हो ।
१ सय ८१ रनको उच्च लक्ष्य पछ्याएको ईङल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । उसका डाविड मालानले ५५ र जेम्स भिन्सले ४९ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । टम बेनटोन र कप्तान ईयोन मोर्गनले समान १८ रन बनाए ।
न्युजिल्याण्डका लुक फेर्गुसन र ब्राईर टिक्नरले समान २ तथा मिचेल सान्टनर र ईश सोधीले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८० रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि कोलिन डि ग्राण्डहोमले सर्बाधिक ५५, मार्टिन गुप्टिलले ३३ र रोश टेलरले २७ रनको योगदान गरे ।
ईङल्याण्डका टोम कुरानले २ तथा साम कुरान, साकिब महम्मद, प्याट ब्राउन र माट पार्किन्सनले समान एक विकेट लिए । दुई राष्ट्रबिचको चौथो टी–२० शुक्रबार नापिएरमा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?