Logo

आहा रारा गोल्डकपको पहिलो सेमिफाईनलमा संकटा र एपीएफ भिड्दै

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०६:०४ मा प्रकाशित

पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज विभागीय टोली नेपाल एपीएफ र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् । पोखरा रंगशालामा दिउ“सो साढे २ बजे हुने खेलमा दुबै टोली जित हात पार्दै उपाधि नजिक पुग्ने योजनामा रहनेछन् । एपीएफले आयोजक साहारा क्लबलाई तथा संकटाले मनाङ मस्र्याङदीलाई हराउदै सेमिफाईनलमा स्थान बनाएका थिए ।
आजको विजेताले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोसो सेमिफाईनलमा भोली नेपाल पुलिस र अफ्रिकन रुट प्रतिस्पर्धा गर्नेछन् । ८ टोली सहभागी प्रतियोगीताका उपाधि विजेताले १० र उपविजेता टोलीले ५ लाख रुपैया हात पार्नेछन् ।

आहा रारा गोल्डकप सेमिफाईनल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?