Logo

आहा रारा गोल्डकपको दोस्रो सेमिफाईनलमा पुलिस र अफ्रिकन रुट भिड्दै

ई-खेलकुद २०७७ चैत्र २६ , बिहीबार ०७:०४ मा प्रकाशित

पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा विभागीय टोली नेपाल पुलिस र अफ्रिकन रुट एसोसिएसन प्रतिस्पर्धामा उत्रदैछन् । पोखरा रंगशालामा दिउँसो साढे २ बजे एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोलीको लक्ष्य जितसंगै उपाधिनजिक पुग्नु हुनेछ । बलियो टोली थ्रीस्टारलाई हराउदै सेमिफाईनलमा पुगेको पुलिस शारिरीक रुपले शसक्त टोलीलाई हराउदै फाईनल प्रबेशको योजनामा छ ।
लिग विजेता मछिन्द्र फुटबल क्लबलाई हराएर अन्तिम चारमा पुगेको अफ्रिकन रुट पनि विभागीय टोलीलाई हराउदै नेपाल भ्रमणको दोस्रो उपाधि हात पार्ने योजनामा रहने छ । आजको विजेताले प्रतियोगीताको उपाधिका लागि शनिवार संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा नेपाल एपीएफलाई हराउदै संकटालो उपाधि यात्रा तय गरिसकेको छ ।
८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले १० र उपविजेताले ५ लाख रुपैया हात पार्नेछन ।

आहा रारा गोल्डकप नेपाल पुलिस

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?