Logo

आसन्न साग खेलकुदका लागि भौतिक पुर्बाधारको पुर्ननिर्माण अन्तिम चरणमा

ई-खेलकुद २०७६ असोज २१ , मंगलबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । नेपालमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी अनितम चरणमा पुगेको छ । काठमाण्डौ र पोखरामा मंसिर १४ देखी २५ सम्म हुने प्रतियोगिताका लागि भौतिक पुर्बाधारको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ ।

मुख्यगरी राजधानीको दशरथ रंगशाला संगै किर्तिपुरको त्रिबि क्रिकेट मैदान र पोखरा रंगशालाको पुर्बाधार निर्माणको काम करिब करिब टुंगीएको हो ।

प्रतियोगिताकै तयारीका लागि चाडवाडका समयमा पनि पुर्बाधार निर्माणको कामलाई जारी राखिएको छ । राखेप सदस्य सचिव रमेश सिलवालले भन्नुभयो–हामीले चाडवाडका समयमा पनि पुर्बाधार निर्माणका कामलाई निरन्तरता दिएका छौ । तोकिएकै समयमा सम्पुर्ण काम सक्ने गरी कामहरु भईरहेको छ । प्रगती निक्कै राम्रो छ ।
राखेपले भौतिक पुर्बाधारको काम १ महिना अगावै सम्पन्न गर्ने लक्ष्य राखेको छ । सिलवालका अनुसार भौतिक पुर्बाधारको कामसंगै प्रतियोगिताको ब्यवस्थापकिय कामहरुपनि अघि बढाईएको छ ।
अन्य मुलुकका खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा अन्य सुबिधामा पनि कमी हुन नदिने गरी तयारी भईरहेको उहाले बताउनुभयो । प्रतियोगिताकै लागि गठन गरिएका उपसमितीहरुले पनि तिब्र गतिमा काम गरिरहेको उहाँको भनाई छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?