Logo

आर्सनल बर्नलीसंग बराबरीमा रोकियो

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०९:०३ मा प्रकाशित

एजेन्सी । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा बर्नलीसंग एक एक गोलको बराबरीमा रोकिएको छ । जारी सिजन कमजोर प्रर्दशनलाई निरन्तरता दिने क्रममा आर्सनलले अर्को खराब नतिजा आत्मसात गरेको हो । बर्नलीको मैदानमा आर्सनलले खेलको छैठौ मिनेटमा अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । पिरे एमेरिक आबुमियाङले आर्सनलाई अग्रता दिलाएका थिए । खेलको ३९ औ मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई बराबरीमा पुर्याएका थिए ।
खेलमा बल पोजिशनमा पकड बनाएपनि आर्सनलले पाएका अन्य अवसर भने खेर फालेको थियो । २७ खेलबाट ३८ अंक जोडेको आर्सनल तालिकाको दशौँ स्थानमा छ । समान खेलबाट ३० अंक जोडेको बर्नली १५ औं स्थानमा छ ।

आर्सनल प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?