Logo

आर्सनलबिरुद्ध म्यान सिटीको कठिन जित

ई-खेलकुद २०७७ फागुन १० , सोमबार ०६:०२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले आर्सनलबिरुद्ध संर्घषपुर्ण जित निकालेको छ । ईमिरेट्स स्टेडियममा पाहुना टोलीलाई सहज जिताउन राहिम स्र्टलिङले खेलको दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो । रियाद महरेजको पासमा उनले बललाई पोष्टको दिशा दिएका थिए । घरेलु टोलीमाथी केहि दबाव बनाएपनि सिटीले पाएका थप मौका गुमाएको थियो । योसंगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता कायम राखेको छ । २५ खेलबाट सिटीको ५९ अंक भएको छ । समान खेल खेलेका म्यानचेष्टर युनाईटेड ४९ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।
युनाईटेडले गएराती न्यु क्यासल युनाईटेडलाई ३–१ गोल अन्तरले स्तब्ध पार्यो । मार्कुस रासफोर्ड, डानिएल जेम्स र बुर्नो फर्नाण्डेजले गोल गर्दै युनाईटेडलाई जित दिलाए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा युनाईटेडले दोस्रो हाफमा २ गोल गर्दै महत्वपुर्ण अंक हात पारेको हो ।
गएराती नै लेष्टर सिटीले एष्टनभिल्लाबिरुद्ध २–१ को कठिन जित निकाल्यो । जेम्स माडिसन र हार्बे बर्नेसले गोल गर्दै लेष्टरलाई जित दिलाए । जितसंगै लेष्टरले दोस्रो स्थानको म्यान युनाईटेडसंग अंक बराबरी गरेको छ । यद्यपी गोल अन्तरमा लेष्टर पछि रहदै तालिकाको तेस्रो स्थानमा छ ।
टटनह्याम भने वेष्टह्याम युनाईटेडसंग २–१ गोल अन्तरले स्तब्ध भयो ।

प्रिमियर लिग म्यानचेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?