Logo

आर्सनलको शानदार जित

ई-खेलकुद २०७७ पुस १९ , आईतबार ०७:०१ मा प्रकाशित

एजेन्सी । आर्सनलले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । बर्ष २०२१ को आफ्नो पहिलो खेलमा आर्सनलले वेष्टब्रोमलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । वेष्टब्रोमको मैदानमा अलेक्जेण्डर लाकाजेटले २ तथा केईरन टिर्ने र बुकायो साकाले एक एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा २ गोल थप्दै शानदार जित निकालेको थियो ।
२३ औ मिनेटमा टिर्नेले आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि साकाले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा लाकाजेटले ४ मिनेटको अन्तरमा २ गोल गर्दै टोलीको जित निश्चित पारे । उनले खेलको ६० र ६४ औ मिनेटमा गोल गरेका थिए । १७ खेलबाट २३ अंक जोडेको आर्सनल तालिकाको ११ औ स्थानमा उक्लिएको छ ।
लिड्स युनाईटेडलाई ३–० ले हराएको टटनह्याम तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टर र एभर्टनसंग समान २९ अंक भएपनि टटनह्याम गोल अन्तरमा अघि रहदै शीर्ष तीनमा पुगेको हो । सेफिल्ड युनाईटेडलाई २–० ले हराएको क्रिष्टल प्यालेस २२ अंकमा तालिकाको १४ औ स्थानमा पुगेको छ ।
ब्राईटन एण्ड होभ एल्बियन र वुल्भरहेम्प्टनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रिमियर लिग फुटबलमा आज २ खेल हुदैटन् । आज न्यु क्यासल युनाईटेड र लेष्टर सिटी तथा चेल्सी र म्यानचेष्टर सिटी प्रतिस्पर्धा गर्नेछन् ।

आर्सनल प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?