Logo

आर्मी र थ्रीस्टारले बराबरी खेल्दै अंक बाडे

ई-खेलकुद २०७८ पुस ११ , आईतबार ०७:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आज भएको खेलमा दुबै टोलीले गोलरहित बराबरीको नतिजा निकाले ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका अवसरको सदुपयोग गर्न सकेनन् । सुरुवातबाटै निक्कै आक्रामक खेल खेलेपनि दुबै टोलीको फिनिसिङ गतिलो हुन नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै विभागीय टोली आर्मीको एएफसी कप छनोट खेल्ने सपना टुंगीएको छ । एन्फाले सातौं चरणसम्म शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने जनाएको छ । जसका लागि आर्मीलाई आजको खेल जित्नै पर्ने दबाव थियो ।

एएफसी कपको छनोट दौडमा अब मछिन्द्र र मनाङ मात्र रहेका छन् । बराबरीपछि आर्मीले ६ खेलमा १० अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको ललितपुरे क्लब सातौ स्थानमा उक्लिएको छ ।

यसअघि आजै भएको अर्को खेलमा संकटा क्लबले ब्रिगेड व्वाईज क्लबलाई ३–० ले हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?