Logo

आर्मीले पायो एएफसी क्लब लाईसेन्स

ई-खेलकुद २०७७ पुस ७ , मंगलबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । आवश्यक मापदण्ड पूरा गरेसँगै आर्मीले एएफसी क्लब लाइसेन्स पाएको हो । लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब रहनेछ ।
यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ‘ए’ डिभिजनका १३ क्लबले प्रस्ताव गरेका थिए । उनीहरू सबैको प्रस्ताव अस्वीकृत भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२१ का लागि कुनैपनि क्लबलाई एएफसीको लाइसेन्सका लागि प्रस्ताव नगर्ने बताएको थियो । एन्फाले ३० नोभेम्बरमा सबै क्लबको प्रस्ताव अस्वीकार गरेको थियो । तर, मापदण्ड पूरा भएपछि आर्मीलाई एएफसीको क्लब लाइसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । एन्फाको प्रस्तावसँगै एएफसीले आर्मीलाई क्लब लाइसेन्सिङ प्रदान गर्नेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले समेत आर्मीले क्लब लाइसेन्स प्राप्त गरेको बताएका छन् । एएफसी लाइसेन्सका लागि सिनियर टोलीको प्रशिक्षक, जुनियर टोली, महिला टोली, खेल मैदान, टिमको डाक्टरलगायत कर्मचारी मापदण्ड र आर्थिक पारदर्सितालगायतका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ ।

एएफसी त्रिभुवन आर्मी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?