
काठमाण्डौ । साविक विजेता मनाङ मस्र्याङदी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा बलियो टोली त्रिभुवन आर्मीलाई १–० ले हराउदै मनाङ तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दयानन्द सिंहले गरेको एक मात्र गोल मनाङलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । खेलको इन्जुरी सिंहले गोल गरेका थिए । पहिलो खेलमा विभागीय टोली एपीएफलाई २–० ले हराएको मनाङले दोस्रो खेलमा अर्को विभागीय टोलीलाई स्तब्ध पारेको हो ।
दोस्रो खेलमा आर्मीको भने यो पहिलो हार हो । यसअघिको खेलमा उसले फ्रेण्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।
