Logo

आर्मीको फुटबल टोली आज भारत जाँदै

ई-खेलकुद २०७७ चैत्र २९ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । एएफसी कप २०२१ को प्रारम्भीक छनोटको दोस्रो चरणको खेल खेल्न विभागीय त्रिभुवन आर्मीको टोली आज भारत जाँदैछ ।

घरेलु मैदानमा श्रीलंका पुलिससंगको खेलमा जित हात पार्दै आर्मीको टोली दोस्रो चरणको खेलका लागि भारत जान लागेको हो । आर्मीको टोली उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा भारतको गोवा जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गोवामा आर्मीले भारतीय बैङलुरु फुटबल क्लबसंग दोस्रो चरणको छनोट खेल खेल्नेछ । सो खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियममा आगामी बैसाख १ गते साँझ पौने ६ बजे सुरु हुनेछ । दोस्रो चरणको खेलमा जित निकाल्ने टोलीले बंगलादेशको अम्बानी लिमिटेड र माल्दिभ्सको क्लब ईगल्स सहभागी समुहबाट तेस्रो चरणको छनोटमा स्थान बनाउने छ ।
आर्मीले यसै बर्षमात्र एसीयाली फुटबल महासंघ एएफसीबाट क्लब लाईसेन्स पाएको थियो ।

एएफसी कप त्रिभुवन आर्मी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?