Logo

आयोजकलाई हराउदै एपीएफ सेमिफाईनलमा

ई-खेलकुद २०७७ चैत्र २१ , शनिबार ०७:०४ मा प्रकाशित

पोखरा । विभागीय टोली नेपाल एपीएफ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको प्रतियोगीताको उद्घाटन खेलमा आयोजक साहारा क्लब पोखरालाई १–० ले हराउदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एपीएफलाई जिताउन खेलको ८७ औ मिनेटमा आसिस लामाले गरेको गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पाएका केहि अवसर गुमाउदै समुहचरणबाटै बाहिरियो ।
खेलमा गोलकर्ता आसिस म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको दोस्रो खेलमा भोली मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसन प्रतिस्पर्धा गर्नेछन् । ८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेता टोलीले १० लाख १ हजार र उपविजेताले टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?