Logo

आयोजकलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

ई-खेलकुद २०७८ माघ ६ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो ।

एपीएफलाई सहज जित दिलाउन आभाष लामिछाने र प्रदिप लामाले गोल गरे । आभाषले खेलको १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । प्रदिपले खेलको ६० औ मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए ।

त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । दर्शकबीनाको रंगशालामा भएको खेलमा घरेलु टोलीले केहि राम्रा अवसर बनाएनि त्यसको सदुपयोग भने गर्न सकेन् ।

एपीएफले क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटाको सामना गर्नेछ । यो खेल माघ ८ गते हुनेछ । प्रतियोगितामा भोली हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?