Logo

आयोजकलाई सडेन डेथमा हराउदै व्वाईन युनियन सेमिफाईनलमा

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०६:१० मा प्रकाशित

विवेक मिश्र,लक्ष्मीमार्ग । व्वाईज युनियन क्लब तेस्रो डाँगीहाट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको क्वार्टरफाइनलमा आयोजकको निलो टोलीलाई सडेन डेथमा हराउदै व्वाईज युनियनले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि भएको टाईब्रेकर पनि बराबरी भएपछि सडेन डेथबाट खेलको निर्णय लिईएको हो ।
खेलको ४७ औ मिनेटमा मौसम लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५३ औ मिनेटमा व्वाईज युनियनका फोफोनाले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । खेलमा व्वाईज युनियनका तपन कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए । बेलबारी नगरपालिका–१० भाउन्नेमा जारी गोल्डकप १० गतेसम्म चल्ने छ । प्रतियोगिताको अन्तीम क्वाटरफाईनलमा भोली पाँचथर फुटवल क्लव पाँचथर र डाँगीहाट फुटवल क्लव (रातो) विच हुनेछ । गोल्डकपको उपाधि विजेताले ३ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?