Logo

आगामी बर्षबाट खेलकुदको बजेट बढाउछौ : प्रधानमन्त्री ओली

ई-खेलकुद २०७७ माघ २० , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्षबाट खेल क्षेत्रको बजेट बढ्ने बताउनुभएको छ । आज राजधानी काठमाण्डौमा आयोजित ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यसमा ढुक्क रहन खेलकर्मीलाई आग्रह गर्नुभयो ।
कोरोनाका कारण अघिल्लो बर्षको बजेट घटेको भएपनि आगामी बर्षबाट त्यसलाई बढाउने उहाँको भनाई थियो । प्रधानमन्त्रीले भन्नुभयो ‘खेल क्षेत्रमा बजेट घटेको गुनासो आए । कोरोनाका कारण बजेट घटेको हो । सन् २०२१ भित्र हामी कोरोनालाई लखेट्छौँ । यसको थालनी भइसकेको छ । कोरोना नियन्त्रणपछि बजेट बढ्नेछ ।’
उहाँले सातै प्रदेशमा रंगशाला निर्माण गर्न पनि बजेटको व्यवस्था गरिने बताउनुभयो । यस्तै प्रशिक्षणमा चाहिने सबै सामाग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।
खेलकुद क्षेत्रमा पर्याप्त प्रशिक्षण नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षणमा चाहिने सबै सामाग्री सरकारले उपलब्ध गराउने बताउनुभयो । ओलीले भन्नुभयो– ‘खेलमा अभ्यासको कमी देखिएको छ । त्यसलाई बढाउनका लागि सबै सामाग्री उपलब्ध गराइनेछ । प्रशिक्षकको व्यवस्था गरिनेछ, प्राविधिक सामाग्री उपलब्ध गराइने छ र सुविधा पनि बढ्नेछ । अभ्यासलाई राम्रो तहमा उठाउन राम्रो तयारी गर्नुपर्छ’ ।
कोरोना नियन्त्रणपछि खेल क्षेत्र अझ तीव्र गतिका साथ अघि बढ्ने ओलीले बताउनुभयो ।

केपी शर्मा ओली खेल क्षेत्र

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?