Logo

आईसीसी विश्वकप लिग टु : अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो सिरिजको पहिलो खेलमा नेपालले अहिले अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर व्याटिङ गर्ने निर्णय गरेको छ ।
पहिलो सिरिजका दुबै खेलमा अमेरिकालाई हराएको नेपाल आफ्नो सोहि लय कायम राख्दै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ । सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा भएको खेलमा पहिलो खेलमा ३५ र दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।
अमेरिकालाई ३६ रनमा समेट्दै नेपालले किर्तिमान समेत बनाएको थियो । ओमान र अमेरिकासंगको सिरिजका लागि अमिरातमा रहेको नेपाली टोलीले यसअघि भएको मैत्रीपुर्ण खेलमा विश्वकपमा छनोट भईसकेको पपुवा न्यु गीनीलाई दुबै खेलमा हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?