Logo

आईसीसी टी–२० महिला विश्वकपको एसीयाली छनोटमा हङकङसँग नेपाल पराजित

ई-खेलकुद २०७८ मंसीर ६ , सोमबार ०४:११ मा प्रकाशित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसीयाली छनोटको आफ्नो पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । युएईमा आज भएको खेलमा हङकङले नेपाललाई ६ विकेटले हराएको हो । नेपालले दिएको १ सय ५ रनको सामान्य लक्ष्य हङकङले १२ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् । कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । इमा लाईले १३ रन बनाईन् । नेपालकी कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ४ रनको सामान्य योगफल तयार पारेको थियो । सीता राना मगरले सर्वाधिक ४० रन बनाएको नेपालको ईनिङसमा इन्दु बर्माले अविजित ३१ रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे । नेपालले आफ्नो दोस्रो खेलमा भोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?