
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले हङकङका २ क्रिकेटरलाई आजिवन प्रतिबन्धको घोषणा गरेको छ । हङकङ राष्ट्रिय टोलीमा महत्वपुर्ण सदस्यका रुपमा रहेका नादिम अहमद र ईरफान अहमदलाई आजिवन प्रतिबन्धको घोषणा भएको हो । सन् २०१६ मा भएको टि–२० विश्वकपका खेलमा कयौ खेलमा स्पट फिक्सिङ गर्न प्रयास गरेको आरोप उनीहरुमाथी लगाईएको छ । यी दुबै खेलाडी नातामा दाजु भाई हुन् ।
आईसीसीले अहमद दाजुभाईले अन्य खेलमा पनि म्याच फिक्सिङ गरेको हुन सक्ने आशंका ब्यक्त गरेको छ । उनीहरुसंगै मुछिएका हासीब अमजदलाई भने ५ बर्षको प्रतिबन्ध लागेको छ । उनी सन् २०२३ सम्म प्रतिबन्धमा परेका हुन् ।
