
काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वन डे वरियतामा नेपाल एक स्थान चिप्लिएको छ । आईसीसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान चिप्लदै १७ औ स्थानमा पुगेको हो ।
८ खेलबाट १९ रेटिङ अंक सहित नेपाल वरियताको १७ औ स्थानमा पुगेको हो । यसअघिको वरियतामा नेपाल १६ औं स्थानमा रहेको थियो । वरियतामा ओमान नेपालभन्दा अघि पुगेको छ ।

अमेरिका, युएई र पपुवा न्युगिनी भने नेपाल भन्दा पछि रहेका छन् । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।